Websoft University

बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भइन


शिव भट्टराई सुनसरी पुस ३ गते । रातो तारा डट कम,
नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यले धनकुटा महालक्ष्मी नगरपालिका मुर्तिढुङ्गा–९ मा जन्मिएकी १७ वर्षीया बन्दना नेपाल ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लिखाएकी छिन्।

उनले १ सय २६ घण्टा लगातार नृत्य गरेर सफल भएकी उनलाई नेपाल सरकार र बिभिन्न संघ संस्थाहरुले सम्मान गर्ने क्रम जारी छ।

त्यसै क्रममा आज पौडेल कुल बंस प्रतिष्ठानद्वारा  आयोजित श्री रामकथा तथा श्रीमद् भागवत महापुराण पाठपारायणमा बन्दना सम्मानित भएकी छिन ।

त्यसै गरी यही पौष १३ गते राष्ट्रपतिबाट सम्मान गर्ने कार्यक्रम राखिएको छ।

नेपाली संस्कृति र सभ्यतामाथि पश्चिमा संस्कृतिले आक्रमण गरिरहेको बताउँदै नृत्याङ्गना नेपालले त्यसलाई रोक्नको लागि आफूले ‘कल्चरल’ पोशाकमा उक्त नृत्य गर्न लागेको पनि जनाईन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.