Websoft University

पाचौं सस्करणको मिस्टर मोरङको उपाधि संजिब मगरले जिते

विराटनगर, मंसिर १५ गते । रातो तारा डट कम,मोरङ शारिरक सुगठन तथा फिटनेश संघको आयोजनामा विराटनगरमा भएको पाचौं सस्करणको मिस्टर मोरङको उपाधि मोरङको पथरी फिटनेस जिमका संजिब मगरले जितेका छन् ।

विराटनगरमा आज साँझामा सम्पन्न भएको फाइनलमा १७ जना प्रतस्पधीलाई पछि पार्दै मिस्टर मोरङको उपाधि जितेका हुन् । उपाधिसँगै मगरले नगद ५१ हजार रुपैयाँको साथै ट्रफी हात पारे । उनी ७० केजी तौल समूहमा समेत प्रथम भएका थिए ।

प्रतियोगिताको फस्ट रनरअप पथरी फिटनेसकै अजय मरिक घोषित भए । उनले नगद २५ हजार प्राप्त गरे । उनी ५५ केजी तौल समूहमा प्रथम भई फाइनल राउण्डमा प्रवेश गरेका थिए । प्रतियोगिताको सेकेण्ड रनरअप पथरी फिटनेस जिमका योगेन लिम्बु भए । उनी ६५ केजी तौलम समूहमा प्रथम भएका थिए । 

उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै मोरङ उर्लाबारी बेसीक जिमका जिवन तामाङले सान्तवना पुरस्कार जिते । उनले नगद ७ हजार हात पारे । तामाङले ६० केजी तौल समूहमा प्रथम भई फाइनलमा प्रवेश गरेका थिए ।

प्रष्तयोगिताको मोष्ट इम्प्रुव बडी विल्डीङमा नेपाल जिमका नवाव अन्सारी, वेष्ट पोजरमा जेसीवी जीमका हरेराम रजक, वेष्ट फिजिकसमा जेसीवी जिमका जुनार आलम र मोष्ट मस्कुलर म्यान विराट जीमका अशोक खडका घोषित भए । प्रतियोगितामा १८ जनाको सहभागिता रहेको थियो । प्रतियोतिाको निर्णायक फिटनेस अन्तराष्ट्रिय निर्णायक संघको केन्द्रीय सदस्य पुष्प श्रेष्ठ, प्रभात काजी बरिया र अशोक पाठक रहेका थिए ।

विजयी तथा अन्य खेलाडीलाई विराटनगर महानगर पालिकाका प्रमुख भीम पराजुली तथा आयोजक समितीका अध्यक्ष प्रेम खडकालगायतले पुरस्कार तथा प्रमाण पत्र विरण गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.