Websoft University

नेपाली चलचित्र मदहोस को ‘ दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक


काठमाडौ मंसिर २७ गते । रातो तारा डट कम,नेपाली चलचित्र मदहोस को ‘ दिलको पिजडा ’ गीतको लिरिकल भिडियो  सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्धारा निर्मित चलचित्र “मदहोस” गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

एस के अधिकारिको गीत,बाबुल गिरि को संगीत मा नित्या शिवा र बाबुल कै आवाज रहेको छ, प्रीयन्का अधिकारी र दिपेन्द्र कोइराला को फिचरिङ रहेको छ । सो गीत मा राजु शाहको नृत्य ,बिक्रम कार्की को छायांकन देव महर्जन को द्वन्द रहेको छ ।

मदहोस चलचित्रमा सन्तोष श्रेष्ठ ,कसिस दहाल ,राजु पौड्याल हेम लता घिमिरे को अभिनय रहेको मदहोस मा एस के अधिकारी को लेखन र निर्देशन रहेको छ । आगामी नयाँ बर्ष मा रिलिज गर्ने लक्ष्य सहित पोस्ट को काम भएको निमार्ण पक्षले बताएको छ  ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.