Websoft University

कांग्रेसले सदनमा जिम्मेवार प्रतिपक्षको भुमिका निर्वाह गर्दै, नेता प्रकाशमान सिंह


कुमोद अधिकारी-बिराटनगर, मंसिर २८  गते । रातो तारा डट,कम,नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सदनमा जिम्मेवार प्रतिपक्षको भुमिका निर्वाह गरि रहेको वताउनु भएको छ ।

नेपाल प्रेश युनियन मोरङले विरााटनगरमा आज गरेको पत्रकार सम्मेलनमा उहाले सदनमा हल्ला गरेर कुर्सि भाच्दैमा प्रतिपक्षको भुमिका शसक्त नहुने वताउनुभयो ।

नेपाली कांग्रेसले निर्मला हत्याकण्डको घटना तथा  जनतालाई प्रत्यक्ष सरोकार राख्ने विषयलाई  शान्तीपुर्ण तथा शालिन रुपमा सदनमा दवाव दिदै आएको वताउनुभयो । 

नेता सिंहले पार्टिभित्रका अन्तरद्धन्दका कारण कांग्रेसले विगतको निर्वाचनमा पराजय भोग्नु परेको भन्दै पार्टिमा सुधार आवश्यक रहेको वताउनुभयो । उहाले कांग्रेसलाई एकतावद्ध रुपमा अघि वढाउन  नेतृत्वले विधि सम्वद रुपमा पार्टिलाई अघि वढाउनुपर्नेमा जोड दिनुभयो ।

नेता सिंहले दुई तिहाईका वर्तमान सरकारले जन चाहना अनुसार कामगर्न नसकेको भन्दै महगी नियन्त्रण तथा शान्ती सुरक्षा कायमगर्नेतर्फ ध्यान जानुपर्ने वताउनुभयो । अहिलेको सरकारलाई जनताले अवसर दिएकाले त्यो अवसरलाई सदुपयोग गर्नुपर्ने उहाको भनाई थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.