Websoft University

सवारी दुर्घटनामा परी ८ जना घाईते

उदयपुर, पौष १२ गते । उदयपुरको मिर्चैया नगरपालिका-२ मिर्चैया कटारी सडक खण्डमा भएको सवारी दुर्घटनामा परी ८ जना घाईते भएका छन् ।

आज दिउँसो १२:४५ बजेको  समयमा मिर्चैयाबाट कटारी तर्फ जाँदै गरेको अनटेस्ट अटो र कटारीबाट मिर्चैया तर्फ आउँदै गरेको स ३ प २२६८ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खादा अटोमा सवार ६ जना र मोटरसाईलकमा सवार २ जना घाईते भएका हुन् ।

दुर्घटनामा अटोमा सवार मिर्चैया नगरपालिका-९ बस्ने बर्ष २५ की ज्ञानीमाया तामाङ, निजको छोरा बर्ष ५ को दिल बहादुर तामाङ र बर्ष ३ को समिर तामाङ, सिन्धुली दुधौली नगरपलिका-१४ बस्ने बर्ष ४० की बत्तीमाया तामाङ, निजकै नाती बर्ष ५ को सरोज तामाङ  र उदयपुर कटारी नगरपालिका-१ बस्ने बर्ष २२ को बुद्ध लामा तथा मोटरसाईकल चालक उदयपुर कटारी नगरपालिका-१ कालिखोला बस्ने बर्ष ३५ को अर्जुन माझी र मोटरसाईकल पछाडी बस्ने बर्ष ४१ को पंचे माझी घाईते भएका हुन् ।

घाईतेहरु मध्ये अटोमा रहेका ६ जनालाई स्थानीय त्रिबेणी फार्मेसी  गरासमा उपचार पश्चात बिराटनगर तर्फ पठाईएको छ भने मोटरसाईकल चालक र सोही मोटरसाइकलमा रहेका पंचे माझीको मिर्चैयामा नै उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । दुर्घटना भएका दुवै सवारी साधन प्रहरी चौकी बेलस्रोतको नियन्त्रणमा रहेका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.