सुनसरी, मंसिर १७ गते । रातो तारा डट कम,सुनसरीको ईटहरी उप- महानगरपालिका-१६ लवीपुरमा आइतवार केमिकल सेवनबाट १ जना बिरामी परेका छन् ।
दिउँसो १२ बजे खाना खाएर औषधी खाने क्रममा पानीको बोतलमा राखिएको खिया हटाउने केमिकल झुक्किएर पिउँदा ईटहरी उप-महानगरपालिका-२ बस्ने बर्ष ४१ को हेमकुमार राई बिरामी परेका हुन् ।
केमिकल सेवनबाट बिरामी परेका राईलाई उपचारको लागि ईटहरी स्थित एपेक्स अस्पताल पठाईएको
इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Post a Comment