Websoft University

बिराटनगरमा एकसय १० मिटर अग्लो भ्यूटावर निर्माण हुने


काठमाडौ कार्तिक १९ गते । रातो तारा डट कम,
विराटनगर महानगरपालिका स्थित वार्ड नम्बर ३ मा ‘भ्यूटावर’ बनाइने भएको छ।

४ अर्वको लागत अनुमान गरिएको टावरको उचाई १ सय १० मिटर हुनेछ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित,प्रदेश १ का कार्यबाहक मूख्यमन्त्री हिक्मत कार्की,सामाजिक विकासमन्त्री जीवन घिमिरे र महानगर प्रमुख भीम पराजुलीले  हिजो भ्यूटावरकाे सयुक्त शिलान्यास गर्नु भयाे।

भ्यु टावर निर्माणका लागि संघीय सरकार,प्रदेश सरकार,विराटनगर महानगरपालिका,मोरङ व्यापार संघ,उद्योग संगठन,उद्योग वाणिज्य महासंघ प्रदेश १,नागरिक समाज र सर्वसाधारणको बास्केट फण्ड वनाएर निर्माण अगाडि वढाईनेभएको छ ।

 १ विघा ७ कठ्ठा क्षेत्रफलमा एकसय १० मिटर अग्लो भ्यूटावर निर्माण हुनेछ, जसका लागि डिपिआर  सुरु भइसकेको छ ।  टावरमा राजबंशी समुदायको संग्रहालय, विजनेश कम्प्लेक्स, रिक्रेशन सेन्टर, डिपार्टमेन्ट स्टल, रेष्टुरेन्ट र प्रर्दशनी केन्द्र रहने बताइएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.