Websoft University

महासंघले चाइनिज पत्रकार लाइ स्वागत गर्दै भेटघाट कार्यक्रम सम्पन्न


काठमाडौ कार्तिक १५ गते । रातो तारा डट कम,
नेपाल पत्रकार महासंघको निमन्त्रणामा नेपाल भ्रमणमा आएको अल चाइना जर्नालिष्ट एसोसिएसनको प्रतिनिधिमण्डल र नेपाल पत्रकार महासंघबीच आपसी सहकार्यका लागि सम्झौता भएको छ ।

पाँच दिने नेपाल भ्रमणका क्रममा रहेको अल चाइना जर्नालिष्ट एसोसिएसनको प्रतिनिधिमण्डललाई आज नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा गरिएको स्वागत तथा भेटघाटका क्रममा दुई देशका पत्रकारबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले सम्झौता गरिएको हो ।

नेपाल पत्रकार महासंघका तर्फबाट महासंघका महासचिव रमेश विष्टले र अल चाइना जर्नालिष्ट एसोसिएसनका तर्फबाट कार्यकारी सचिव पान ग्याङ्गले हस्ताक्षर गर्नु भएको छ । सम्झौतापत्रमा निम्न बुँदाहरू रहेका छन् ।

 आपसी मित्रतालाई प्रगाढ पार्दै बेल्ट एण्ड रोड इनिसिएटिभका लागि दुवै पक्षका पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने ।
 दुई मुलुकका पत्रकार बीचमा प्रबुद्ध समुह निर्माण गरी संवाद, छलफल, गोष्ठी र बैठक जस्ता गतिविधिलाई निरन्तरता दिने ।
 पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम तथा भ्रमण आदान प्रदान गर्ने ।
.
 बेल्ट एण्ड रोड इनिसिएटिभ विषयको रिपोर्टिङका लागि आपसी सहयोग गर्ने र उत्कृष्ट रिपोर्टका लागि पुरस्कारको स्थापना गर्ने ।

नेपाल पत्रकार महासंघको निमन्त्रणामा कात्तिक १२ गते भ्रमणका लागि चीनको All-China Journalists Association -ACJA बाट आएका ६ जना वरिष्ठ पत्रकारको टोली कात्तिक १६ गते फर्कने कार्यक्रम रहेको प्रेस सामग्री छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.