Websoft University

काम सरकारले गर्न नसक्दा संघियता कमजोर बन्दै


गाईघाट, कार्तिक १६ गते । रातो तारा डट कम नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोईरालाले प्रधानमंत्री
केपी ओली नै संघियता असफल बनाउन लागेको आरोप लगाएका छन्  । उनले प्राकृतिक स्रोत व्यवस्थापन, वित्त आयोग गठन, अन्तरप्रदेश परिषद निर्माण, प्रदेश स्तरिय प्रहरी र प्रशासनको व्यवस्थापन लगायतका कामहरू सरकारले गर्न नसक्दा संघियता कमजोर बन्दै गईरहेको बताए ।

नेपाल प्रेश यूनियन उदयपुरले विहिबार गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. कोईरालाले दुई तिहाई बहुमत प्राप्त ओली नेत्रित्वको कम्यूनिष्ट सरकार असफल भैसकेको बताए । नेपाली कांग्रेसका नेताहरू चरम गुटबन्दिमा फसेको कारण गत आम निर्वाचनमा पार्टीले ईतिहासमै नराम्रो पराजय भोग्नु परेको उनले बताए ।

“नेतृत्व तहको अकरमन्यता र संवादहिनताले गुटवन्दि मौलाएको भन्दै उनले टिकट वितरण मा आ–आफ्नो मान्छेलाई चेप्ने प्रवृति नै पराजयको प्रमुख कारण भएको बताए।

उनले कांग्रसको वर्तमान नेतृत्व सवल नरहेकोले आगमी माहाधिवेसनले वर्तमान नेतृत्व परिवर्तन नगरी कांग्रेस सुध्रन नसक्ने बताए । बिगत केहि समयदेखि विभिन्न जिल्लाको दौडाहामा रहेको कोईरालाले कांग्रेसको भावी सभापति को रूपमा आफुलाई प्रस्तुत गरे ।

नेपाली कांग्रेस उदयपुरले आयोजना गरेको क्षेत्रिय भेलालाई सम्वोधन गर्न कोईराला वुधबार आएका हुन् । उनलेउदयपुरको हडिया स्थित पार्टीले आयोजना गरेको १ नम्बर क्षेत्रको कार्यकर्ता भेला लाई सम्बोधन समेत गरेका थिए ।

केन्द्रिय सदस्य डा. नारायण खड्का समूह द्धारा भेला
वहिस्कार कांग्रेस क्षेत्रिय समितिले कार्यकर्ता भेलामा प्रमुख अतिथिको रूपमा डा.शेखर कोईरालालाई ल्याउने निर्णय गरे पछि अर्का केन्द्रिय सदस्य एवम् सांसद डा. नारायण खड्काले आफ्नो क्षेत्रमा हुने क्षेत्रिय कार्यकर्ता भेला वहिस्कार गरेका छन् ।

मर्यादाक्रममा आफुभन्दा निकै पछि रहेका शेखर को प्रमुख
आथित्यमा हुने कार्यक्रममा आफु आउन नसक्ने भन्दै आफ्ना नजिकका नेता, कार्यकर्ताहरू लाई टेलिफोन गरी कार्यक्रम मा उपस्थित नहुन ह्वीप जारी गरेका थिए ।

 डा. खड्को ह्वीप धेरैजसो उनको समर्थक नेता कार्यकर्ता हरूले कार्यक्रम मा उपस्थित भएनन् ।
श्याम राइ-उदयपुर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.