Websoft University

इटहरीमा तार सर्टभई भीषण आगलागी- ठुुलैै क्षति

सुनसरी, कार्तिक २२ गते । रातो तारा डट कम,
सुनसरीको ईटहरी उप-महानगरपालिका ६ स्थित बिनोद पराजुलीको घरमा आगलागी भएको छ । मिति २०७५।०७।२१ गते दिउसो १३:५० बजेको समयमा पराजुलीको ४ तल्ले घरको बिच तलामा बिधुत सर्ट भई अचानक आगलागी भएको हो ।
आगलागी भएको जानकारी पाउनासाथ उक्त स्थानमा नेपाल प्रहरी, नेपाल आर्मी र शसस्त्र प्रहरी र स्थानीय समेत खटि गई ईनरुवा नगरपालिका, दुहवी नगरपालिका, धरान उप-महानगरपालिका, बिराटनगर महा-नगरपालिका, सुन्दर हरैचा मोरङ र ईटहरी उप-महानगरपालिकाको वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।

आगो निभाउने क्रममा छिमेकी गणेश लुईटेलको ३ तले घरको पछाडीको केही भाग भत्काईएको थियो भने उक्त आगलागी दिउसो १५:३५ मा पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षती सम्बन्धमा बुझ्ने कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.