Websoft University

फरवार्ड बचत तथा ऋण सहकारी संस्थाको १७ औ वार्षिक सधारण सभा सम्पन्न

शिव भट्टराई - सुनसरी  कार्तिक १८ गते । रातो तारा डट कम,
दुहवी-सुनसरीको दुहबीमा मूख्य कार्यालय रहेको फरवार्ड बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारणसभा आइतबार बिच सम्पन्न गरिएको छ ।

सो कार्यक्रम दिनेश चौधरी स्मृति प्रतिष्ठानमा गरिएको थियो । कार्यक्रमको अध्यक्ष सँस्थाकी अध्यक्ष भगवती चौधरी रहेकी थिइन् । प्रमुख अथितिमा प्रदेश नं. १ का उद्योग, पर्यटन, तथा वातावरण मन्त्री जगदिशप्रशाद कुसीयैत रहेका थिए भने विशिष्ट अतिथिमा फरवार्ड माइक्रो फाइनान्सका सीइओ आशनरायण चौधरी, त्यसैगरी, जनकल्याण बचत तथा ऋण सहकारी सँस्थाको अध्यक्ष मिलिराम चौधरी र अथितीहरुमा लेखा समिति संयोजक करण चौधरी, कर्जा संयोजक हिराकुमारी थानेदार लगायत संघ,संस्थाका प्रतिनिधि, दुहबी सुरक्षा बिभागका प्रमुख, सञ्चारकर्मीहरु लगायत समाजसेवी बुद्धी जिवी शेयर धनीहरुको प्र्रतिनिधित्व रहेको थियो ।
सो कार्यक्रमको अवसर पारेर रक्तदान कार्यक्रम समेत गरिएका थियो ।

सो रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए । त्यसैगरी यस सँस्थाको आ.व. २०७५ मसान्त सम्ममा जम्मा १ हजार ५ सय १४ को शेयर सँख्यामा जम्मा पुंजी २,२९,७४,२००  गरी सेयर पुजीमा ०.७३ प्रतिशतको वृद्धी भएको थियो भने जम्मा आम्दानी १८, २४६,७९२ रहेकोछ भन्दै  सँस्थाकी सचिव ललिता चौधरीले जानकारी दिइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.