Websoft University

राष्ट्रियसभा सदस्य रामप्रित पासमवान लाई उनकै गाउलेले कुटे


काठमाडौ मंगसीर १ गते । रातो तारा डट कम,सर्लाही, राष्ट्रियसभा सदस्य रामप्रित पासमवानमाथि शुक्रबार उनकै गाउँमा कुटपिट भएको छ ।

कविलासी नगरपालिका–६ मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासवानलाई कुटपिट गरेको हो । छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासि आक्रमण गरेको उनले बताए । पासवानको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ ।

पासवानमाथिको हमलाको नेपाल दलित सेवा समाजले विरोध जनाएको छ । सङ्घका जिल्ला अध्यक्ष हेमन पासवानद्धारा हस्ताक्षरित विज्ञप्तिमा घटनाका दोषीलाई तत्काल कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

उनी सङ्घीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । यस्तै सङ्घीय समाजवादी फोरम नेपाल जिल्ला कार्यसमितिले समेत विज्ञप्ति जारी गर्दै घटनाको दोषीमाथि कारवाहीको माग गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.