Websoft University

मन्त्रिपरिषद्को निर्णय सरकारले लुकाउन खोजेको भन्दै, महासंघले आपत्ति जनायो


काठमाडौ कार्तिक २६ गते । रातो तारा डट कम,मन्त्रिपरिषद् बैठकले गरेका निर्णयलाई तत्काल सार्वजनिक नगर्ने गरी नेपाल सरकारले गरेको निर्णयप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको कुरा महासचिव रमेश बिष्टले आज प्रेस विज्ञप्ति प्रकाशित गरि जानकारी गराइएका छन ।

कात्तिक २५ गते साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे ‘सञ्चारकर्मीहरुले समयक्रममा पछि थाहा पाइहाल्ने’भन्दै प्रवक्ताबाट औपचारिक रुपमा कुनै जानकारी गराइएन ।

अहिले सरकारका मन्त्रीहरुले ‘मन्त्रिपरिषद्को निर्णय तत्काल सार्वजनिक नगरी ४८ घण्टापछि व्यवस्थित रुपमा सार्वजनिक गर्ने प्रतिक्रिया व्यक्त गर्नुले जननिर्वाचित सरकारले गरेका निर्णयहरु तत्काल जान्न पाउने नागरिकको अधिकारमाथि आघात पुग्दछ भन्ने महासंघको ठहर छ ।

सञ्चार प्रविधिको तीब्रतर विकास र समाज विकासको आजको युगमा लोकतान्त्रिक सरकारका निर्णहरुको सूचना पाउन नागरिकले ४८ घण्टा कुर्नुपर्छ भन्नु विगतमै अभ्यास हुनु छाडिसकेको सामन्ती परम्पराको निरन्तरता हुन जानेतर्फ सरकार सजग बन्नुपर्छ भन्ने महासंघको आग्रह छ ।

महासंघ मन्त्रिपरिषद्का निर्णयहरु बैठक लगत्तै सार्वजनिक गरेर खुल्ला,पारदर्शी र लोकतान्त्रिक अभ्यासलाई अनुसरण गर्न सरकारसमक्ष जोडदार माग गर्दछ ।
    

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.