Websoft University

भरुवा बन्दुक सहित १ पक्राउ


खोटाङ, कार्तिक २५ गते । रातो  तारा  डट  कम, खोटाङको दिप्रुङ- चुईचुम्मा-४ बाट प्रहरीले शनिवार बिहान भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरेको छ । भरुवा बन्दुक सहित सोही ठाउँमा मामाघरमा बस्दै
आइरहेका २७ बर्षीय शुभराज राईलाई पक्राउ गरिएको हो ।

 गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी भडारेघाटबाट खटिएको प्रहरी टोलीले राईको कोठामा
खानतलासी लिने क्रममा लोड गरेर राखेको अवस्थामा १ थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने सिसा, फलामको टुक्रा र सलाईको बट्टा बरामद गरेको हो ।

 बरामद बन्दुक सहित राईलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय खोटाङमा राखि
थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.