Websoft University

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु


{फायल फोटो}
सुनसरी, मंसिर ५ गते । रातो तर डट कम,सुनसरीको रामधुनी नगरपालिका-३ जमुना पुलमा बुधबार मोटरसाईकल दुर्घटनामा परि चालकको मृत्यु भएको छ ।

झुम्का-चतरा भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को. १९ प. १२९४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिहान ७ बजे दुर्घटना हुँदा मोटरसाईकल चालक सुनसरी बराह नगरपालिका-५ भरौल बस्ने बर्ष ४० को बिजय चौधरी गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा परि गम्भीर घाइते चौधरीलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा बिहान पौने ८ बजे सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.