Websoft University

मोरङ र सुनसरीबाट पटका बरामद, १ पक्राउ


विराटनगर, कार्तिक २० गते । रातो तारा डट कम,
प्रहरीले सोमवार राती मोरङ र सुनसरी जिल्लाबाट बिभिन्न किसिमका पटका सहित १ जनालाई पक्राउ गरेको छ ।

 सुनसरीको ईटहरी उप-महानगरपालिका-१२ स्थित खनार चौकबाट राती १२ बजे बिभिन्न किसिमका पटका सहित १ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरी चौकी खनारबाट खटिएको प्रहरी टोलीले खोर्सानी पटका सहित खनार चौकमा कस्मेटिक पसल गर्दै आईरहेका बिरेन्द्र साहलाई पक्राउ गरेको हो ।

पटका सहित पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय खनारको नियन्त्रणमा राखिएको छ । त्यसैगरी साँझ ६ बजेको समयमा ईटहरी बजार एरीयाका बिभिन्न खुद्रा पसल लुकाई छिपाई बिक्रीवितरण गरिरहेको अवस्थामा ९ सय ९४ प्याकेट झिरझिरे बरामद गरेको छ ।

बरामद पटका इलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा राखिएको छ । यता प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका-४ स्थित ईक्राहीबाट राती ११ बजे ३० लिटर घरेलु मदिरा र ५० पिस बिभिन्न किसिमका पटका नियन्त्रणमा लिएको हो । बरामद पटका प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.