Websoft University

बिराटनगरबाट माउन्टेन पलाइट सुरु हुने




मोरड,मंसिर ४ गते । रातो तारा डट कम,बिराट होलिडेजले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर यही मंगसीरको ८ गते सनिवार बिहान ७,३० बजेबाट बिराटनगरबाटै माउन्टेन पलाइट सुरु गर्ने भएको जानकारी गराइएकोछ ।

बिराट होलिडे प्रा.लि. समुहका अध्यक्ष भविश श्रेष्ठले दिएको जानकारी अनुसार निजि क्षेत्रको पहलमा यो काम भइरहेको जानकारी गराउनु भएकोछ ।

त्यसैगरी,निजी क्षेत्रका पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्सीले चार्टर गरेर माउण्टेन फ्लाइट सुरु गर्ने बताएको छ।
विराटनगरका ट्राभल्स एजेन्सी सञ्चालक रहेको विराट होलिडे प्रालिले प्रत्येक साताको शनिबार विहान साढे सात बजेदेखि नियमित माउण्टेन फ्लाइट गराउने भएको हो । आज विराटनगरमा पत्रकार सम्मेलन गरि माउण्टेन फ्लाइट उडान गर्ने बारेमा जानकारी गराएका हुन् ।

पर्यटक प्रवद्धन गर्ने उद्देश्यले नियमित रुपमा पहिलो पटक विराटनगरबाट माउण्टेन फ्लाइट सुरु गर्न लागेको विराट होलिडे प्रालीका अध्यक्ष भवीसकुमार श्रेष्ठले जानकारी दिए । ‘हाम्रो मुख्य लक्ष्य भनेको बाहिर पर्यटक र आन्तरिक पर्यटक भित्र्याउने हो,’ उनले भने, ‘हप्तामा एक पटक जसरी पनि फ्लाइट गराउने तयारीमा लागि परेका छौं ।’
विराटनगरमा २०७३ फागुन ११ देखि १७ गतेसम्म भएको विराट एक्स्पोको बेला एउटा माउण्टेन फ्लाइट गराइएको थियो । विराटनगरका पर्यटन व्यवसायीहरूकै अगुवाईमा भएको उक्त माउण्टेन फ्लाइट सफल भएपछि त्यसयता निरन्तर दिने प्रयास गरेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

एति एयरलाईन्सको विमान भाडामा लिई प्रत्येक शनिवार विहान विराटनगरवाट हुने हिमाली उडानमा पर्यटकले कञ्चनजंघा,, मकालु, सगरमाथा, लोत्से र गौरिशंकर हिमालको नजकिवाट अवलोकन गर्न सक्ने छन् । माउण्टे फ्लाइटमा एक पटकमा १९ जान यात्रु सो माउण्टेन फ्लाइटमा यात्रा गर्ने बताइएको छ ।

विराटनगर विमानस्थलबाट हुने उडान ५५ मिनेटको हुनुका साथै नेपाली तथा सार्क मुलुकका पर्यटकहरुको लागि एक जनाको ९ हजार ९ सय रुपैयाँ लाग्नेछ । भारतका विभिन्न प्रदेशमा करौडौ जनताका वसोवास हुने भएकाले यस क्षेत्रका पर्यटकीय क्षेत्रलाई व्राण्डिङको रुपमा विक्री गर्ने अध्यक्ष श्रेष्ठले पत्रकारहरुलाई वताए ।

प्रदेश नं १ को सरकार, सघीय सांसद,प्रदेश सदस्य, स्थानीय सरकार, उद्योगी, व्यापारी , संघसंस्थाहरुलाई उक्त हिमाली उडान सेवा दिगो वनाउन सहयोगका लागि समेत आग्रह गरिएको छ । प्रदेश नं १ मा हाल १४ वटा विमानस्थल रहेकोमा १० वटा हाल संन्चालन हुन सक्नेछ भने,५ वटा चैै सन्चालनमा रहेको पत्रकार सम्मेलनमा बताएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.