शिव भट्टराई -काठमाडौ मंगसीर १ गते । रातो तारा डट कम,
प्रदेशको अस्थायी राजधानी धनगढीमा एक युवकको हत्या भएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थीत नाष्ट कलेज नजिकै एक युवकको हत्या भएको हो। वडा नम्वर ४ कै २५ बर्षिय विजय थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शुक्रवार राती ९ बजे तिर थापाको हत्या भएको प्रहरीले जनाएको छ।
रक्ताम्य युवकलाई घिसार्दै लगिरहेका बेला धनगढी उप–महानगरपालिका वडा नम्वर ४ कै आषिश सेटीलाई पक्राउ गरिएको कैलालीका प्रहरी उपरिक्षक आभुषण तिमल्सिनाले बताए।
उनले शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको बताए। घटनास्थललाई घेरिएको तर राती भएकाले मुचुल्का उठाउन बाँकी रहेकाले अहिले विहान मुचुल्का उठाउनले उनले बताए।

Post a Comment