Websoft University

प्रदेश र स्थानिय तहले खर्च क्षमता बढाउदै लैजानु पर्ने-आर्थमन्त्री युवराज खतिवडा


बिराटनगर कार्तिक १६ गते । रातो तारा डट कम,
प्रदेश र स्थानिय तहले खर्च क्षमता बढाउदै लैजानु पर्ने
आर्थिक वर्षको सुरुवाति अवस्थामा भएकोले प्रदेश र स्थानिय तहको विकास खर्च सोचेजस्तो नहुदैमा राष्ट्रिय अर्थतन्त्रमा असर नपर्नेे आर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मिहरु सँग प्रदेश र स्थानिय तहले पनि खर्च गर्न क्षमता बढाउदै लैजानु पर्ने उनले बतए । प्रदेश र स्थानिय तहले खर्च गर्न नसके पनि आर्थिक तरलता उत्पन्न हुन नदिने गरि व्यवस्था गर्न लागीएको बताए ।

अर्थमन्त्र खतिवडाले वत्तिय संघियता लागु भएको चार महिनामा सबै ठिकठाक हुन्छ भनेर सोचनु हतार हुने बताए । संरचनाहरु बन्ने क्रममा रहेको भन्दै उनले संघियबाट प्रदेश सरकारलाई संरचनाहरु एकै पटक हस्तान्तरण सम्भव नहुने उनले बताए ।

 उनले संरचना दिने र लिने विषय भएकोले दिनेले दिन सक्नु पर्ने र लिने सँग त्यो संचालनको क्षमता हुनु पर्ने बताए । उनले कर्मचारी समायोजनामा ठिलो भएको स्विकार्दै संघिय निजामति कानुन आउनासाथ त्यो समस्या समाधान हुने
बताए ।
मन्त्री खतिवडाले वित्त अयोगको अभावमा काम नरोकिएको भए पनि त्यसलाई चाडै टुङ्याउने बताए । उनले स्थानिय तहामा करको समस्या विस्तारै समाधान हुदै गएको उनले बताए । अहिले करको विषयमा धेरै स्पष्टता भइसकेको उनले बताए ।

वत्तिय संघियता लागु भएको चार महिना मात्र भएकोले बुझाईको कारणले मात्र करको समस्या देखिएको उनले
बताए । उनले सेयरको घटबड आर्थिक बृद्धिले मात्र नभएर क्रेता विक्रेताको मानोविज्ञानको विषय भएको बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.