Websoft University

उपत्यकामा आज भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु २ घाइते

(फायलफोटो)

काठमाडौ मंसिर ८ गते । रातो तारा डट कम,उपत्यकामा शनिबार बिहान भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

शनिबार बिहान ३ बजे बल्खुमा टिप्परले माइक्रोबसलाई ठक्कर दिदा माइक्रोबसका चालकको मृत्यु भएको छ। बा ४ ख ९५ ७५ नम्बरको टिप्परले बा १ ज ८८ ५५ नम्बरको माइक्रोबसलाई ठक्कर दिदा माइक्रोबसका चालक ६४ वर्षीय बाबुकाजी श्रेष्ठको मृत्यु भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

त्यस्तै शनिबार बिहान पौने पाँच बजे कोटेश्वरमा ट्रकमा बस ठोक्किदा बसमा सवार एक जनाको मृत्यु भएको छ। दुइ जना घाइते भएका छन्। ना ६ ख ५५९२ नम्बरको ट्रकमा सोही दिशातर्फ गुडीरहेको ना ५ ख ४० २६ नम्बरको बस ठोक्किदा बसमा सवार सर्लाही मुलुङ्गा घर भइ काठमाडौं त्रिपुरेश्वर बस्ने ७१ बर्ष शम्भु परियारको मृत्यु भएको छ।

दुर्घटनामा घाईते भएका बसमा सवार दुइ जनाको ग्वार्को स्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.