Websoft University

आगजनी र तोडफोडमा संलग्न १० विद्यार्थी पक्राउ


काठमाडौ कार्तिक २९ गते । रातो तारा डट कम,
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले आगजनी गरेका छन् ।

मंगलवार साँझ विश्वविद्यालयको पछाडीकोे भागबाट प्रवेश गरी उनीहरुले आगजनी गरेका हुन ।

विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको मूल गेट र परीक्षा नियन्त्रण कार्यालयमा आगजनी गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ । आगजनीबाट परीक्षा नियन्त्रण कार्यालयको तल्लो तला क्षतिग्रस्त बनेको छ ।

आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरी १० विद्यार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुदर्शन खराल, चन्दन केसी, उमेश थापा, अरुण चपाई, ज्ञानेन्द्र राई, किरण रोकामगर, प्रवेश आचार्य, अनिल अधिकारी, दिनेश भट्ट, मुक्ति भण्डारी रहेका छन् ।

दुई वर्षअघि मात्रै सञ्चालनमा आएको विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय भवनमा दोस्रोपटक आगजनी गरिएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.