Websoft University

कैद बन्दीको मृत्यु


मोरङ, आश्विन १७ गते । रातो तारा डट कम
जिल्ला कारागार मोरङमा जबरजस्ती करणी मुद्धामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदी बन्दीको आज बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी दुहबी नगरपालिका-१२ घर भएका ४० बर्षीय बिरेन पासवान रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पेट सम्बन्धी बिरामी रहेका पासवान अचानक बेहोस भई उपचारको लागि कोशी अञ्चल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा सोही अस्पतालमा बिहान ८;४५ बजे मृत्यु भएको हो । पासवानको शव सोही अस्पतालमा राखीएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.