Websoft University

गछिया प्रहरीले नागरिक सँग अन्तरक्रिया कार्यक्रम गर्यो


शिव भट्टराई -मोरङ असोज १७ गते । रातो तारा डट कम,
सुन्दरहरैचा नगरपालिकामा रहेको गछिया प्रहरी चौकीले चार्डवार्डलाई लक्षित गर्दै शान्ति सुरक्षा बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नजिकै आउँदै गरेको नेपालीहरुको महान चाड दशै र तिहारमा पालना गर्नुपर्ने नियमको बिषयमा छलफल भएको थियो।

यस अन्तरक्रिया कार्यक्रममा बिद्यार्थीहरुले बाटो काट्ने,पटका पड्काउन नियन्त्रण गर्नेे- साथै  दिपावलीमा १० बजे सम्म मात्रै देउसी भैलो खेल्नु पर्ने बिषयमा छलफल गरिएको थियो।

अन्तरक्रिया कार्यक्रममा ५ वार्डका वार्ड अध्यक्ष चैतन्य सिटौला , शैलेन्द्र श्रेष्ठ ,राम रिजाल ,जीवन ढुंगाना लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

यसैगरी नागरिक समाज बुद्धिजीविहरु ,जनप्रतिनिधिको पहलमा कार्यक्रम सम्पन्न भएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.