Websoft University

पर्यटकहरुको मनै लोभ्याउने गोकुलम रिसोर्ट



शिव भट्टराई - सुनसरी असोज ३१ गते । रातो तारा डट कम,
सुनसरीको इटहरीबाट एक किलोमिटर पूर्व दक्षिणमा रहेको गोकुलम रिसोर्टले अहिले चर्चमा आएको छ।झन चाडबाड लागे सँगै त यहाँ पर्यटकहरुको घुईचो लाग्ने गरेको छ।गत २०७२ साल बैशाख १२ गते गएको बिनासकारी महा भुकम्पले ढालेको धरहराको प्रति बिम्ब गोकुलम रिसोर्टमा ठडिएपछि यसको चर्चा चुलिएको हो ।

रिसोर्ट भित्रका हरियाली बाताबरण संगै रमाइलो दृस्यहरू अवलोकनकै लागि अहिले ॐदैनिक २ शय देखि ३ सय सम्म पर्यटकहरू आउने गरेका छन । त्यसो त बिदाको दिन एक हजार देखि १५ सय सम्म पर्यटकहरूको घुइचो लाग्ने गरेको यहाका कर्मचारीहरू बताउछन । दैनिक झापा हुदै पाँचथर सम्मका पर्यटकहरू बिभिन्न सञ्चारमाध्यममा सुनेको बिज्ञापनकै भरमा यहा आउने र आइसकेपछि साच्चै रमाइलो रछ भन्दै खुलेरै प्रसंशा गर्दै फर्कने गरेको पनि भेटिएका छन ।

उटमा चढेर घुम्नु , बोटिङको मज्जा अझ त्यो भन्दा पनि आवास सहितको रेस्टुरेन्ट बिभिन्न रूपमा खोपिएका मुर्तिहरू र बाह्रैमास बगिरहने झरना जस्तो कल कल गर्ने पानिका आवाजहरूले पर्यटकहरूको मन लोभ्याउने गरेको छ । स्थापनाको समयमा मरेर ३० जना सम्म पर्यटकहरू आउने गोकुलममा अहिले दैनिक २ सय देखि ३ सय सम्म आन्तरीक पर्यटकहरू आउने गरेका छन ।

कोहि भने पिर परेको बेला मन भुलाउन गोकुलम आउने गरेको पनि बताउछन । मुल स्वागत गेटबाट छिर्ना साथ अघाडी देखिने मनोरम दृस्यले जो कोहिको पनि मन लोभिने गरेको छ । प्राकृतिक रूपमा शुन्दरताले भरी भराउ त्यसमा पनि बालबालिकाहरूको लागि रमाइलो खेलकुद पार्क ,सेल्फि खिच्न लायक र पायक ठाउहरू देखेर पर्यटकहरू आफै लोभिने गरेका छन ।

बिशेष गरी सुनसरी , मोरङ झापा लगायत बिभिन्न जिल्लाहरूबाट अहिले गोकुलममा आउने आगन्तुकहरूको घुइचो देख्न सकिन्छ । यति मात्र नभइ पछिल्लो समय शुन्दरताले भरीएको प्राकृतिक श्रोत र दृस्यहरूलाई समेटदै साना तिना म्युजिक भिडियोदेखि ठुला पर्दाका नेपाली चलचित्रहरूको पनि सुटिङस्थल बनेको छ गोकुलम रिसोर्ट । बिभिन्न रूपमा ढालिएका ढुंगामा खोपेर बनाइएका मुर्ति र रंगरोगन लगायत हालै ल्याइएको प्लेनले पनि गोकुलममा आउने पर्यटकहरूको ध्यान खिच्ने गरेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.