Websoft University

गछिया नक आउट फुटबल प्रतियोगिताको उद्घाटन खेल सम्पन्न


शिव भट्टराई -असोज १९ गते । रातो तारा डट कम,सुन्दरहरैचा, खेल खेत्रको विकास गर्न दशै को अवसर पारी गछिया याेङ्सटर्स क्लब नामक सस्थाले फुटबल खेलको आयोजना गरेको छ ।

सुन्दरदुलारी उधोग वाणिज्य संघका अध्यक्ष किशोर कार्की को प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त खेल कार्यक्रममा विशिष्ट अतिथी सुन्दरहरैचा वार्ड नं ३ का वार्ड अध्यक्ष जीवन ढुङ्गाना गछिया प्रहरी चकिका सहि प्रविण भट्टराई साथै विभिन्न संघ सस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा रहनु भएको थियो ।

कार्यक्रमको अध्यक्षता गछिया याेङ्सटर्स क्लबका अध्यक्ष विश्व लिम्बुले गर्नु भएको थियो ।कार्तीक १ गते सम्म चल्ने उक्त खेलमा विभिन्न क्षेत्रबाट जम्मा १६ वटा क्लबहरुको प्रतिनिधित्व रहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुन्दरदुलारी उधोग वाणिज्य संघका अध्यक्ष किशोर कार्किले खेल क्षेत्रको विकासमा युवाहरुले आयोजना गर्ने यस्ता कार्यक्रमहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउदै आगामी दिनमा यस्ता कार्यक्रममा उधोग वाणिज्य संघ सुन्दरदुलारीले थप सहयोग गर्दै जाने बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथी सुन्दरहरैचा नगरपालिका वार्ड नं ३ का वार्ड अध्यक्षले खेल क्षेत्रमा तथा युवाको नेतृत्व क्षमता अभिवृद्धि गर्न यस्तो कार्यक्रमले सधै निरन्तरता पाउनु पर्ने बताउनु भएको थियो ।

अाज भएकाे उद्घाटन खेलमा अायाेजक गछिया याेङ्सटर्स क्लब ले चम्पाखुलि फुटबल क्लब केराबारीलाई २-१ लेे पराजित गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.