Websoft University

उपमहानगरपालिकाले सहकारीहरूलाई अत्याधिक कर लगाएको भन्दै बचत तथा ऋण सहकारीहरूले गुनासो गरे


शिव भट्टराई ,असोज १९ गते । रातो तारा डट कम, इटहरी उपमहानगरपालिकाले सहकारीहरूलाई अत्याधिक कर लगाएको भन्दै बचत तथा ऋण सहकारीहरूले गुनासो गरेका छन ।

सुनसरीको इटहरीमा रहेको शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभाका बक्ताहरूले इटहरी उपमहानगरपालिकाले अत्याधिक कर बढाएको गुनासो गरेका हुन । जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष शिवराज श्रेष्ठले सहकारीहरूलाई करको भार थप्ने काम गरेपनि उपमहानगरपालिकाले सहकारीका लागि कुनै योजना नवनाएको आरोप समेत लगाए ।

उनले प्रदेस नम्वर १ मै कर वढी लिनेमा इटहरीको नाम अग्रस्थानमा रहेको समेत वताए  । त्यसै गरी कार्यक्रममा सहभागी अन्य सहकारी संस्थाका प्रतिनिधिहरूले समेत कर अत्याधिक भएको गुनासो गरेका थिए ।

शुभलाभ बचत तथा ऋण सहकारीेले वार्षिक साधारण सभाको अवसरमा सञ्चारकर्मी हिमाल दहाल , सोनुु जयन्तीका साथै विभिन्न विधाकाुु१३ जनालाई सम्मान समेत गरेको सहकारीका अध्यक्ष किरण पराजुलीले जानकारी दिए ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.