Websoft University

४२ बोरा सुर्ती बरामद


झापा, कार्तिक ५ गते । रातो तारा डट कम,झापाको बाह्रदशी गाउँपालिका-१ स्थित खयरबारीबाट सोमबार प्रहरीले ४२ बोरा अवैध सुर्ती बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय राजगढ र शसस्त्र प्रहरी बलको संयुक्त टोलीले बिहान ४ बजेको समयमा भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख १० हजार ८ सय ८० रुपैँया मूल्य बराबरको ९ सय २४ किलोग्राम अवैध सुर्ती फेला पारी बरामद गरेको थियो ।

बरामद सुर्ती आवश्यक कानूनी प्रकृया पूरा गरी कारवाहीको लागि भन्सार कार्यालय भद्रपुर झापा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.