Websoft University

बस र कार जुध्दा ४ घाइते

बिराटनगर कार्तिक ५ गते । रातो तारा डट कम,मोरङको धनपालथान गाउँपालिका( ६ स्थित कालीनाथ मन्दिरमा आइतबार बस र कार एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।
राती १०,२० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना. २ ख ४७४८ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको को. १ च २८३७ नम्बरको कार एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा कारका चालक मोरङ धनपालथान गाउँपालिका ३ बस्ने बर्ष ३२ को बिष्णु मण्डल (गम्भिर), कारमा सवार सोही स्थान बस्ने बर्ष २४ को रुपेश कुमार मण्डल (मध्यम), बर्ष ३१ को राम राजवंशी (मध्यम) र बर्ष २७ को पंकज राजवंशी (गम्भिर) घाइते भएका छन् ।

घाइते चारै जनालाई उपचारको लागि बिराटनगर स्थित गोल्डेन अस्पताल पठाइएको छ भने बस र चालकलाई इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा राखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.