Websoft University

ठूलो परिमाणको मरिच सहित २ पक्राउ

झापा, आश्विन १५ गते । रातो तारा डट कम,
झापाको मेचीनगर नगरपालिका-४ प्रसाद गौडा स्थित मदन पाण्डेको घरबाट प्रहरीले आईतबार राती ठूलो परिमाणको मरिच सहित २ जनालाई पक्राउ गरेको छ ।

करिव साढे ८ बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टबाट खटिएको टोलीले अन्दाजी २ लाख ५६ हजार ५ सय मूल्य बराबरको ४ सय ५० किलो मरिच सहित मेचिनगर नगरपालिका-७ बस्ने वर्ष ४५ को गोपाल बुढाथोकी र बर्ष ४० को अम्बर थापा मगरलाई पक्राउ गरेको हो ।

उक्त घरमा अवैध मरिच लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले खान तलासी गर्ने क्रममा उक्त परिमाणको मरिच फेला पारी बरामद गरेको हो । बरामद मरिच सहित दुबै जनालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.