Websoft University

देव गुरूङको दर्शै तिहार गीत सार्वजनिक

अर्जुन जम्नेली राई, काठमाडौं, असोज ३१ गते ।
रातो तारा डट कम,गायक तथा संगीतकार देव गुरूङको ‘गाउँ जाने सुन बिर्षे दाई..., बोलको नयाँ गीत सार्वजनिक भएकोछ। हिन्दु समुदायको चाड दशैं तिहार सम्बन्धि रहेको यो गीत पर्देशीछोराले घरमा खवर पठाएर कथासँग सम्बन्धीत छ ।

पर्देशिएका छोराछोरीलाई चाड पर्वमा आमा बाबुले घरमा नसम्झने कुरै भएन। गीत मार्फत गायक गुरूङ भन्छन ‘‘गाउँ जाने सुन बिर्षे दाई, सन्चै छ है भन्दिन, बावाले सोधे आमाले सोधे चाडै आउँछ घर भन्दिनु चाडमा चाँडै घर नपुग्द, घरमा रहेका परिवार र पर्देशमा स्वयम छोराले खेप्नु परेको पीडा बोधसहितको गीत निक्कै मार्मिक छ।

गुरूङ गीत मार्फत थप्छन ‘दाईले सोधे दशैंमा आशिस थाप्न आउछ भन्दिनु,बैनिले सोधे तिहारमा मखमाली उन्नु भन्दिनु भर्खरै भिडियो सार्वजनिक भएको यो गीतको शब्द, संगीत र स्वर देव गुरूङ आफ्नै हो । काठमाडौंको आर.बी.स्टुडियोमा रेकर्ड भएको गीतको एरेञ्ज भने चन्दु गोर्खालीले गरेका छन्।

दशैंतिहार जस्तो चाडमा समयमै घर नपुग्दा छिमेकी बिर्षे मार्फत खवर पाइएको सन्देश निक्कै नै मिठो भाकामा प्रस्तुत भएको छ । गीतसँग कथा मिल्ने परिवारलाई भाव विभोर बनाउन सक्छ। देव गुरूङ मोरङको पथरीशनिश्चरे-१ स्थित पथरीका स्थायी बासिन्दा हुन् । पत्यका बाहिर बसेर निक्कै लामो समयदेखि संगीतिक क्षेत्रमा निरन्तर लागिरहेका व्यक्तिहुन् गुरूङ । उहाँको ‘बिकम बारूलै’ एल्बमको गीत
सानोमा ढुङ्गा ओल्टाइ र पल्टाइ ठूलोलाई गल लाउला, बालखैदेखि पालेको केश बैसैमा हल्लाउला..., बोलको गीत दर्शक श्रोताले निक्कैनै रूचाएको थियो।

निर्माणाधिन ‘पथरीशनिश्चरे’ नगरपालिकाको नगर गीतको संगीत देव गुरूङले नै भरेका छन । अमिर राईको एल्बम ‘शन्दर्भ’को छ वटा गीतमा संगीत तथा दुई वटा शब्द उहाँकै रहेको छ।  एक समय निक्कै चर्चामा आएको गायक विनोद राईको ‘माझि दाई.., बोलको गीतको शब्द- संगित गुरूङकै रहेको छ।

मोरङका युवा गायकहरूको संयुक्त एल्बम ‘जमर्को’मा गुरूङले पनि गीत तथा संगीत भरेका छन्। चर्चित गायिका मेलिना राईको स्वरमा रहेको केही गीतमा संगीत भरेका गायक तथा संगीतकार गुरूङ पछिल्लो समयमा गीत-गंगीतमा व्यस्त बन्दै गएका छन्। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.