Websoft University

दशैँका बेला खाद्यान्नमा सहुलियत


काठमाडौँ,असोज ३० गते । रातो तारा डट कम, दशैँको अवसरमा खाद्य संस्थानले काठमाडौँसहित १० ठाउँमा सहुलियत पसल सञ्चालन गरेको छ । वित्तामोड, विराटनगर, लहान, जनकपुर, वीरगञ्ज, दाङ, तुलसीपुर, पोखरा सुर्खेत र धनगढीमा सहुलियत पसलको सञ्चालन भइरहेको छ ।

काठमाडौँको नख्कु, जावलाखेल, थापाथली र रामशाहपथमा सहुलियत पसल सञ्चालन भइरहेको छ । बिक्री संस्थानका बिक्रीवितरण विभागका प्रमुख लालमोहन ठाकुरका अनुसार जापनी चामल प्रतिकिलो ७० मा रु पाँच छुट, बासमती चामल प्रतिकिलो रु ८१ मा रु १० छुट, जिरा मसिनो चामल प्रतिकिलो रु ५५ मा रु पाँच छुट दिइएको छ ।

उहाँका अनुसार गोरखनाथ चामलप्रति किलो रु ३८ मा रु १० छुट, सोनामनसुली चामलप्रति किलो ४० मा रु पाँचले छुट, कर्णाली सिमी प्रतिकिलो १२० मा १० रुपैयाँ छुट, फापर प्रतिकिलो ७० मा १० रुपैयाँ छुट, ब्राउन बासमती चामल प्रतिकिलो रु ९५ मा पाँच रुपैयाँ छुट र मकवानपुर चामल प्रतिकिलो ३९ मा पाँच रुपैयाँ छुट दिएको छ । खसी बोका प्रतिकेजी ५०० मा १० रुपैयाँ छुट र च्याङरा प्रतिकेजी ७१० मा पनि १० रुपैयाँको छुट दिएको छ ।

बिक्री विभागका विभागीय प्रमुख लालमोहन ठाकुरले २३ दुर्गम जिल्लामा १५ हजार ८६८ क्विण्टल चामल पु¥याइएको छ, यसले गर्दा सबै ठाउँका मानिसले चामल समयमा नै पाउँछन् । अहिले एक लाख ६४ हजार क्विन्टल चामल र गहुँ स्टकमा रहेको उहाँले बताउनुभयो । खाद्य संस्थानले सहकारीहरूसँग सहकार्य गरेर सबै प्रदेशमा सहुलियत पसल राख्ने र दुग्ध विकास संस्थानले आफ्ना भण्डार रहेका ठाउँबाट उपलब्ध गराउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मोटा चामलमा प्रतिकेजी पाँच, नुनमा दुई, चिनीमा पाँच, बासमती चामलमा १०, दुग्ध संस्थानले घिउमा ५० र पनिरमा १० रुपैयाँ प्रतिकेजी छुट दिइएको छ । यसरी उपलब्ध गराइने सामानमध्ये प्रतिपरिवार ६ किलो चिनी, छ किलो नुन र ३० केजी चामल सस्तो मूल्यमा लिन सकिनेछ । त्यसका लागि सरकारले खाद्य संस्थानलाई दुई करोड र साल्ट ट्रेडिङलाई एक करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.