Websoft University

चार स्थानमा यात्रु सहायता कक्ष


भोजपुर, कार्तिक २ गते । रातो तारा डट कम,दशैँ तिहारलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय भोजपुरले सदरमुकामको देउराली, तिवारी भञ्ज्याङ, प्याउली र जरायोटारमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

दशैँ, तिहारमा हुने यात्रुको चाप र यात्रुमाथि हुन सक्ने अभद्र व्यवहारलाई ध्यान दिएर यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधीकारी चरित्र विक्रम कार्कीले बताउनुभयो ।

यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म सेवा दिन देउरालीमा तीन जना, तिवारी भञ्ज्याङमा, प्याउली र जरायोटारमा दुई÷दुई जना प्रहरी परिचालन गरिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.