Websoft University

जनतामा माविले अघि सा¥यो विद्यालय सुधार योजना


शिव भट्टराई- सुनसरी असोज २२ गते । रातो तारा डट कम,
इटहरीको जनता माध्यमिक विद्यालयले नमूना विद्यालय बनाउने कार्ययोजना अघि सारेको छ । सोमबार इटहरीमा विद्यालयको शैक्षिक गुणस्तर बृद्धिकालागि इटहरी क्षेत्रभित्रका सामुदायिक विद्यालय र सरोकारवालाहरुसँग छलफल गर्दै विद्यालय सुधारको कार्ययोजना अगाडि सारेको हो । 

विद्यालयका प्रधानाध्यापक छत्रपति ढुङ्गेलले विद्यालयको इतिहाससहितको कार्यपत्र प्रस्तुत गर्दै शैक्षिक, भौतिक र व्यवस्थापकीय सुधार गर्ने बताए । विद्यालयको समग्र शैक्षिक, भौतिक विकास गर्ने गुरुयोजना प्रअ ढुङ्गेलले प्रस्तुत गरेका छन् । 

सोही अवसरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कांशीनाथ दङ्गालले शिक्षकहरुका लागि आधुनिक प्राविधि र सूचना प्रविधि सम्बन्धि तालिमको व्यवस्था गरी प्रोत्साहन गर्ने बताए । उनले विद्यालय छाड्ने दर र कक्षा दोहो¥याउने दर न्यूनीकरण गर्दै जाने कुरामा जोड दिएका छन् । अध्यक्ष दङ्गालका अनुसार विज्ञान तथा अन्य आवश्यकीय प्रयोगशालाको व्यवस्था गरिनेछ । 

२० बर्षका लागि अघि सारिएका कार्ययोजनामा छुट्टै प्रशासनिक भवन निर्माण गरिने । सुरक्षित पिउने पानीको व्यवस्थापनको लागि ५ हजार लिटरको ट्याङ्कीसहितको बोरिङ्ग निर्माण गरिने । थप शौचालको निर्माण गरिने लगायतका योजनाहरु छन् । कार्यपत्रमाथि टिप्पणी गर्दै डा. दिवाकर रेग्मीले विद्यार्थीलाई नियमित गर्ने कार्ययोजना बनाउनु पर्ने बताएका थिए । उनले आजपनि आधारभूत वर्गको शिक्षामा सहज पहुँच पुग्न नसकेको बताएका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेल रहेकी थिइन् । उनले प्रदेश सरकारले शिक्षालाई गुणस्तरीय बनाउन योजना बनाइरहेको बताइन् । उनले आजको शिक्षा प्रविधिमैत्री हुनु पर्ने बताइन् । सोही कार्यक्रममा पूर्व सभाषद रेवतीरमण भण्डारी, इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतमलगायत इटहरीका शैक्षिक व्यक्तित्वहरुले शिक्षा तथा विद्यालय सुधारका विषयमा आफ्ना भनाइहरु व्यक्त गरेका थिए ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.