Websoft University

उद्योग बाणिज्य संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न,


शिव भट्टराई - सुनसरी असोज २१ गते   रातो तारा डट कम,
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ३ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।सोहि अवसरमा गछिया प्रहरी चौकीका सही प्रवीण कु.भट्टराईद्वारा रक्तदान दिएर यस कार्यक्रमको सुरुवात गर्नुभएको थियो।

रक्तदान कार्यक्रम सुन्दरदुलारी उधोग वाणिज्य संघद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रम गछिया पोलिक्लिनिकको प्रागणमा भएको थियो ।

सुन्दरदुलारी उधोग वाणिज्य संघका अध्यक्ष किशोर कार्किको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सुन्दरहरैचा वार्ड नं ३ का वार्ड अध्यक्ष जीवन ढुङ्गाना, गछिया प्रहरी चौकी साथै विभिन्न संघ सस्था र स्थानिय वासिहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

विभिन्न सामाजिक कार्यमा अग्रसर हुँदै आएको साथै व्यापारी हितको लागि विभिन्न व्यापार गरेर सामाजिक कार्यमा पनि एक जुट भैइ स्थापना गरिएको व्यापारिक संगठनले देशमा रगतको अभाव भए सगै रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको अध्यक्ष किशोर कार्किले बताउनु भयो ।

त्यस्तै सुन्दरहरैचा नगरपालिका वार्ड नं ३ का वार्ड अध्यक्ष साथै सुन्दरदुलारी उधोग वाणिज्य संघका महासचिव जीवन ढुंगाना ले उधोग वाणिज्य संघले समाजका अन्य व्यथिती हटाउन निकै मद्दत गरेको भन्दै रक्तदान कार्यक्रम गरेर मानविय उद्दार गर्ने कार्य गरेको बताउनु भयो ।उक्त रक्तदान कार्यक्रमबाट ६१ प्रीन्ट रगत संकलन भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धरान घोपाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.