Websoft University

अवैध धन्दा गर्ने ६ युवति पक्राउ


शिव भट्टराई - सुनसरी असोज २१ गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा नगरपालिकामा गए राति प्रहरीले छापा मारेको छ । नेपालीहरुको महान चाड दशै लाई लक्षित गरि होटलमा अवैध धन्दा चलाउन बन्द गर्ने उद्देश्यले होटलमा छापा मारेको हो ।

प्रहरीको टोलि ले सुन्दरहरैचाको पुर्वी सिमाना देखि पश्चिम सिमाना सम्म छापा मार्दा राजमार्गको छेउछाउको होटलबाट ६ जना युवतिहरुलाई पक्राउ गरेको हो ।

ती ६ युवति  हरुलाई अनुसन्धात तथा सोझ बुझको लागी पक्राउ गरिएको प्रहरीले बताएको छ ।

सुन्दरहरैचाका विभिन्न होटलहरुमा अवैध धन्दा चलाउन राखिएको आशंकामा पक्राउ गरेका ति युवतिहरुको उमेर २० देखि ३० वर्ष सम्मको रहेको प्रहरीले बताएको छ ।

प्रहरीले पटक पटक होटहरुमा अवैध धन्दा सञ्चालन नगर्न निर्देशन दिदा पनि होटलले नमानेको कारण गए रातिि
 प्रहरीको टोलिले ति होटलमा छापा मारेको थियो ।

प्रहरीले चाड पर्व लक्षित गरि टोल टोलमा सुरक्षा दिन छड्के गस्ती समेत सुचारु गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.