Websoft University

बस दुर्घटनामा ३३ घाइते


मोरङ,कार्तिक ४ गते । रातो तारा डट कम,मोरङको पथरी(शनिश्चरे नगरपालिका(२ स्थित राजमार्गमा आइतबार यात्रुबाहक बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन । पूर्व, पश्चिम राजमार्ग अन्तर्गत दिउँसो साढे १२ बजे हरीयाली सामुदायिक बन अगाडी पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ४५१७ नम्बरको बस बिपरित दिशाबाट आउँदै गरेको तत्काल नम्बर नखुलेको कारलाई साइड दिने क्रममा अनियन्त्रित भई सडकबाट २ मिटर तल खसेको थियो ।

 दुर्घटनामा परि बसमा सवार ३३ जना यात्रु घाइते भई उपचारको लागि स्थानीय पथरी अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने कार र चालक फरार रहेकोले खोजि कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.