Websoft University

दशैंको घटनास्थापनाको दिनदेखि -कार्तिक ४ गते सम्म ४१ वटा दुर्घटनामा १० जनाको मृत्युु ४७ जना घाइते भए


बिराटनगर कार्तिक ७ गते । रातो तारा डट कम,
दशैंको घटनास्थापनाको दिनदेखि - कात्तिक ४ गतेसम्म-प्रदेश न. १ का १४ जिल्लामा भएका सवारी दुर्घटनामा परि १० जनाको मृत्यु भएको छ । यो अवधिमा भएका दुर्घटनामा परि मोरङमा पाँच, झापा र उदयपुरमा दुई–दुई जनाको मृत्यु भएको छ । यस्तै, पाँचथरमा एक जनाको मृत्यु भएको छ । प्रदेश नं. १ मा यो अवधिमा ४१ वटा दुर्घटना भएकोमा ४७ जना घाइते भएको ट्राफिक प्रहरीले जनायो ।

असोज महिनाभर भने प्रदेश नं. १ मा भएका दुर्घटनामा २५ जनाको ज्यान गएको छ । साउनयता सवैभन्दा बढी असोज महिनामै सवैभन्दा बढीको ज्यान गएको हो । साउन र भदौंमा भने १९–१९ जनाको मृत्यु भएको छ ।

अघिल्लो बर्षको दसैंको अवधिमा प्रदेश नं. १ भरी १९ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परि मोरङ र सुनसरीमा पाँच–पाँच जनाको मृत्यु भएको थियो । यस्तै, झापामा सात जनाको मृत्यु भएको थियो भने उदयपुर तथा धनकुटामा एक–एक जनाको मृत्यु भएको थियो । त्यो बेला ५७ वटा दुर्घटना हुँदा ८१ जना घाइते भएका थिए ।

२०७३ सालमा भने घटस्थापनाको (असोज १५) दिनदेखि पूर्णिमाको (असोज २९ ) दिनसम्म १५ दिनको अवधिमा त्यतिबेलाको पूर्वाञ्चलका १६ जिल्लामा भएका दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो । २०७२ सालको दसैमा घटनास्थापनादेखि पूर्णिमाको दिनको अवधिमा भएको दुर्घटनामा २२ जना मृत्यु भएको थियो ।

यस बर्ष प्रदेश नं. १ का १४ जिल्लामा मादक पदार्थ सेवन र तीब्र गतिकै कारण सवैभन्दा बढी दुर्घटनाका घटना भएको ट्राफिक प्रहरीको निश्कर्ष छ । ‘प्रदेश नं. १ का जिल्लामा यस बर्ष जति घटना भएका छन् । ९९ प्रतिशत मादकपदार्थ पिएर र तीब्र गतिका कारण भएका छन,’ प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी रबिकुमार पौडेलले भने ।

उनका अनुुसार, दसैंका बेलामा यस बर्ष बेलबारी क्षेत्रमा मोटरसाइकल चालक दुई जनाको मृत्युबाहेक अरु सवै घटना भित्री सडक खण्डमा भएका छन् ।

‘यस पटक राजमार्गमा तीब्र गतिमा हाक्ने सवारी साधनलाई राडर गनको प्रयोग गरि कारबाही गर्न थालेको र रोड सेफ्टी चेक पोइन्ट थालेकाले गर्दा राजमार्गमा दुर्घटना रोक्न सफल भएका छौ,’ उनले भने, ‘यस बर्ष भित्री सडकमा ट्राफिक प्रहरीको उपस्थिती नभएका स्थानमा बढी दुर्घटना भएका
छन् ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.