Websoft University

चोैकीलाइ सवारी साधान

शिव भट्टराई - सुनसरी असोज २३ गते ।  रातो तारा डट कम,
सुन्दरहरैंचा स्थित गछिया प्रहरी चौकीमा सवारी साधन नभएपछि स्थानीय नागरिक समाजले एक महिनाको लागि पिकअप भेनको व्यवस्था गरेको छ ।

चौकीमा प्रहरीलाई सवारी साधनको अभाव हुँदा शान्ति सुरक्षाका लागि प्रहरीहरुलाई असहज भएकोले सो सवारी साधन उपलब्ध गराएको हो ।

स्थानीय नागरिक समाज, सुन्दरदुलारी उद्योण वाणिज्य संघ र सुन्दरहरैंचा नगरपालिकाको समन्वयमा भेन उपलब्ध गराएको प्रहरीले जनाएको छ । दुई साता अगाडि शान्ति सुरक्षाको लागि प्रहरी चौकीमा बसेको सर्वपक्षीय भेलामा प्रहरीले सवारी साधन हुन नसक्दा शान्ति सुरक्षा कायम गर्न असर परिरहेको व्यक्त गरेका थिए ।

चौकीको समस्यालाई अस्थायी रुपमा समाधान गर्नका लागि भए पनि सो गाडी एक महिनाको लागि उपलब्ध गराईएको
छ । को २ च २०५४ नम्वरको भेनको चावी उधोग बाणिज्य संघ सुन्दरदुलारीका अध्यक्ष किशोर कार्की , सुन्दरहरैचा वार्ड नं.०७ का वार्ड अध्यक्ष चैतन्य प्रसाद सिटौला साथै सुन्दरहरैचा वार्ड नं.०३ का वार्ड अध्यक्ष जीवन ढुंगानाले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

नगरपालिकाका ३,४,५,६ र ७ नम्वर वडामा मोवाईल गस्तीका लागि उक्त भेन प्रदान गरिएको हो । प्रहरीले सवारी साधनको व्यवस्था गर्ने नागरिक समाज प्रति धन्यवाद ज्ञापन गरेका
छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.