Websoft University

प्रदेश १ स्तरीय सुरक्षा गोष्ठी सम्पन्न

विराटनगर,असोज १६ गते । नेपालीको महान चाड वडादशैँमा सर्वसाधारणलाई सुरक्षाको अनुभूति प्रदान गर्न प्रदेश नं १ मा सुरक्षा व्यवस्था थप सुदृढ बनाउने उद्देश्यले आज अपराह्न यहाँ प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित गोष्ठीमा प्रदेशको १४ वटै जिल्लाको सुरक्षा व्यवस्था थप सुदृढ बनाई जनतालाई सुरक्षाको अनुभूति प्रदान गर्नु गोष्ठीको उद्देश्य रहेको छ ।

आसन्न दशैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दे सुरक्षा रणनीति तयार गर्ने, अपराध तथा लागूऔषध नियन्त्रणका साथै सीमा नाकामा सुरक्षा व्यवस्था थप सुदृढ बनाउने र प्रदेश सरकारले गरेको कामलाई जनतासँग सहजरुपले पु¥याउने विषयमा गोष्ठीमा छलफल भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव गोपालप्रसाद पराजुलीले बताउनुभयो ।

गोष्ठीमा प्रदेशका मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, चौध जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुख, नेपाली सेनाका पूर्वी पृतनापति तथा प्रदेशका सशस्त्र, नेपाल प्रहरीका प्रमुख तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको सहभागिता थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.