Websoft University

सुन्दरहरैचामा जेष्ठ नागरिक सम्मानित


शिव भट्टराई,असोज १५ गते । रातो तारा डट कम,
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिकाले सोमबार जेष्ट नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरास्ट्रिय जेष्ट नागरिक दिवसको अवसर पारी आयोजना गरिएको सम्मान कार्यक्रममा प्रमुख अतिथी प्रदेश नं १ का प्रदेश प्रमुख डा. गोविन्द बहादुर सुब्बा रहनु भएको थियो ।

कार्यक्रमको अध्यक्षता भने जेष्ट नागरिक समाज सुन्दरहरैचाका अध्यक्ष राम कुमार कार्कीले गर्नु भएको थियो ।

सुन्दरहरैचा नगरपालिका वार्ड नं ९ मा रहेको इन्द्रपुर जेसिज को सभाहलमा सम्पन्न भएको कार्यक्रम जेष्ट नागरिक समाज सुन्दरहरैचा र सुन्दरहरैचा नगरपालिकाको सयुक्त आयोजनामा भएको थियो ।

उक्त कार्यक्रमा नगरपालिकाले २ जना जेष्ट नागरिकलाई नगर पिता र नगर माताको रुपमा घोषित गरि सम्मान गरेको थियो । सम्मान गरिनेमा नगर पिता १ सय २ वर्षिय राम बहादुर कुमर दनुवार र नगर माता १ सय १० वर्षिय महेश्वरा अधिकारी रहनु भएको थियो ।

नगरले उक्त कार्यक्रममा वार्ड भरिका जेष्ठ नागरिक २ जना लाई वार्ड पिता र वार्ड माता घोषित गरि २४ जना सहित जम्मा २६ जना माता पितालाई सम्मान गरेको थियो ।

कार्यक्रममा बोल्दौ प्रमुख अतिथी प्रदेश नं १ का प्रदेश प्रमुख डा. गोविन्द बहादुर सुब्बाले प्रदेश भरिनै जेष्ट माता पिताहरुलाई वृद्धा आश्रममा लगेर राख्ने प्रथाको छिट्टै कानुन बनाई अन्त्य गरिने बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै सुन्दरहरैचा नगरपालिका नगर प्रमुख शिव प्रसाद ढकालले आगामी वर्ष देखि प्रत्येक नगर माता तथा पिताहरुको घर घरमा गएर जेष्ट नागरिकहरुको सम्मान गरिने बताउदै दशै अगाडि नै वृद्ध भता वितरण गरिने बताउनु भएको थियो ।

कार्यक्रममा नगर माता र नगर पितालाई जनही रु ११ हजार र दोशल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा अधिकाश माता पिताहरुले जेष्ट नागरिकहरुले यातायातमा छुट पाउनु पर्ने व्यवस्था रहेता पनि नपाई रहेको गुनासो गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.