Websoft University

हत्यामा संलग्न ६ जना पक्राउ


मोरङ, कार्तिक ८ गते । रातो तारा डट कम,बिराटनगर महानगरपालिका-९ हनुमान मन्दिर अगाडी बिजया दशमीको दिन १ युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बिहीबार ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

उक्त स्थानमा बिराटनगर महानगरपालिका-१४ बस्ने बर्ष १९ को राहुल भगतलाई भिडभाडको समयमा मौका छोपी तत्काल नाम थर नखुलेका ८/१० जनाको समूहले धारिलो हतियार प्रहार गरी फरार भएका थिए ।

हतियार प्रहारबाट गम्भिर घाइते भगतलाई उपचारको लागि कोशी अंचल अस्पताल बिराटनगर पठाइएकोमा उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो । घटनामा संलग्नहरुको खोजी तथा अनुसन्धान गर्ने क्रममा फरार रहेका बिराटनगर महानगरपालिका-११ बस्ने बर्ष १८ को कुहिरा भन्ने बिशाल सहनी र १६ देखि १८ बर्ष उमेर समूहका ५ जनालाई  आज पक्राउ गरीएको हो ।

उनीहरुलाई  कर्तब्य ज्यान मुद्धा अन्तर्गत सम्मानित जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान शूरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.