Websoft University

अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा इलाम पुग्यो


किशोर बुढाथोकी-बेलबारी,मोरङ भदौ २६ गगते।
रातो तारा डट कम,रेड हर्ष क्लब इलाम मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा जारी दोस्रो डाँगीहाट अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेष गरेको  छ ।

लक्ष्मीमार्ग स्थित खेलमैदानमा मंगलबार भएको प्रतिष्पर्धामा यू–१८ राष्ट्रिय टिमलाई सडन डेथमा ५–४ गोल अन्तरले स्तब्ध बनाउँदै इलामले नतिजा आफ्नो पक्षमा परेको हो । मंगलबारको खेल संगै डाँगीहाट गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ । वर्षाका कारण हिलाम्य बनेको मैदानमा कष्टपूर्ण रुपमा खेलेका दुबै टिमले निर्धारित समयमा नतिजा निकाल्न नसक्दा खेल सडन डेथ सम्म धकेलियो ।

दुबै टिमबाट निर्धारित समयमा गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा पनि ४÷४ गोलको बराबरी भएपछि खेलको छिनोफानो गर्न सडन डेथ सम्म पुग्नु प¥यो । इलामको जितमा गोलरक्षक मनोज प्रधान नायक
बने । सडक डेथमा विपक्षी खेलाडीको प्रहारलाई उत्कृष्ट ढंगबाट बचाउँदै खेलको म्यान अफ दी म्याच घोषित प्रधानले आफ्नो टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह
गरे ।

टाईब्रेकरमा इलामका तर्फबाट प्रदिप विष्ट, पिकेश लिम्बू, हिसव खतिवडा र रोमन भुजेलको प्रहारले जाली चुमेको
 थियो । टाईब्रेकरमा दर्शन गुरुङले गरेको पहिलो प्रहारलाई नै यू–१८ का गोलरक्षक विष्णुकुमार केसीले रोकिदिंदा इलाम दवावमा परेको थियो । यू–१८ का तर्फबाट दिनेश हेन्जन, मनिष थापा, रन्दिप पौडेल र नविन गुरुङको प्रहार मात्रै गोलमा परिणत भयो । विकास खवासको प्रहारलाई इलामका गोलरक्षक प्रधानले बचाइदिंदा दुबै टिमको बराबरी गोल हुन पुग्दा टाईब्रेकरमा पनि खेलको नतिजा निस्कन सकेन ।

सडन डेथमा इलामका हिपमेन लिम्बूको प्रहार गोलमा परिणत भयो । जय गुरुङ गोल गर्न चुक्नु नै यू–१८ को हारको मुख्य कारण बन्यो । उनको प्रहारलाई गोलरक्षक प्रधानले रोक्न सकेकै कारण इलामको भाग्य चम्कियो ।

खेलअवधि भर उत्कृष्ट प्रदर्शन गर्दै खेललाई नियन्त्रणमा लिए पनि फिनिसिङ फितलो हुँदा यू–१८ नतिजा विपक्षीलाई सुम्पन बाध्यो । २३ औं मिनेटमा बुद्ध वल तामाङको प्रहार आकासिंदा गोल गर्ने अवसरबाट यू–१८ चुक्यो । ४० औं मिनेटमा नितिन थापा वान भर्सेस वानमा चुक्नु पनि उसका लागि दुर्भाग्यपूर्ण बन्यो । ४३ औं मिनेटमा बुद्धकै प्रहार रिवाण्ड भएर फर्किएपछि मनिष थापाले प्रहार गर्दा पनि बल आकासियो । ५८ औं मिनेटमा दिनेश हेन्जनले वान भर्सेस वानको स्थितीमा गरेको प्रहार वायाँ बार हुँदै बाहिरिनु यू–१८ को हारको अर्को कारण बन्न पुग्यो ।

खेलेको सुरुवातमा उत्कृष्ट खेल पस्किएको इलामले मध्यान्तरपछि भने पोष्ट एट्याकको अवसर समेत पाउन
सकेन।२० मिनेटमा हिसाव थपलियाको प्रहार क्रस बारमाथिबाट बाहिरिदा इलाम अग्रता लिनबाट चुक्यो । २३ औं मिनेटमा मिलन धिमालको प्रहार क्रस बारमा लागेर फर्किंदा इलामले निर्धारित समयमा जित निकाल्न सकेन ।

बुधबारको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाईज क्लब काठमाडौं र मोरङ फुटबल एकेडेमीबीच प्रतिष्प्रधा हुने छ ।
यू–१८ का खेलाडी रातो जर्सीका हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.