Websoft University

एक हजार सवारी साधनलाई कारवाहीमा परे


 काठमाण्डौं भदौं २७ गते । रातो तारा डट कम, भोजपुरमा गत आवमा एक हजारभन्दा बढी सवारी तथा ढुवानीका साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम विपरीत सञ्चालनमा रहेका सवारी तथा मालवाहक ढुवानीका साधन कारवाहीमा परेका हुन् । नियम विपरीत सञ्चालनमा रहेका दुईपाङ्गे्र र चारपाङ्ग्रे गरी एक हजार तीन सय ७७ वटालाई कारवाही गरिएको छ । तिनमा ५२१ ट्रयाक्टर, ४३२ मोटरसाइकल, ३००ट्रक, १५७ जीप तथा कार र ३४ बस कारवाहीमा परेको ट्राफिक प्रहरी पोष्ट भोजपुरले जनाएको छ ।

कारवाहीमा परेका अधिकांश सवारी चालकले मादकपदार्थ सेवन गरेको, क्षमताभन्दा बढी भार बोकेको, सिटबेल्ट र हेल्मेट नलगाएको र बिलबुक तथा सवारी चालक अनुमतिपत्रविना सवारी चलाउने गरेको ट्राफिक प्रहरीले जनाएको छ । सबै खालका साधनलाई कारवाही गरेरु वापत सात लाख ८७ हजार राजस्व सङ्कलन गरिएको बताइएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.