मोहन कुमार राई-भाद्र २६ गते । रातो तारा डट कम, संखुवासभा÷धर्मदेवी नगरपालिकाको टुटेदेउराली अस्थायी प्रहरी पोष्टले ४ सय १० क्यूविक पिट काठ गत भाद्र १९ गते बरामद गरेको थियो ।
धर्मदेवी नगरपालिका वडा नंं. ३ स्थित अस्थायी प्रहरी पोष्ट टुटेदेउरालीको प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा खाँदवारीबाट धरानतर्फ जादैगरेको को १ ख ३१६७ नं. को ट्रकमा लोड गरी चिलाउने, उत्तीस जस्तो देखिने ४१० क्युविक फिट काठ सहित सवारी चालक धनकुटा भेडेटार गाउपालिका वडा नं. ४ वस्ने वर्ष २६ को सिद्धराज लिम्बू पक्राउ गरी जिल्ला प्रहरी कार्यालय संखुवासभाले आवश्यक कार्यवाहीको लागि पत्र सहित भाद्र २० गते जिल्ला वन कार्यालय संखुवासभा, खाँदवारीमा बुझाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
Post a Comment