Websoft University

भारतिय मालबहाक ट्रकले रोडसेस चोकछेउमा मोटरसाइकललाई ठक्कर दिदा घटना स्थलमै १ को मृत्यु २ घाइते - घाइतेको उपचार हुदै


बिराटनगर भदौ २६ गते । रातो तारा डट कम,विराटनगर ९ बसपार्क दक्षिण कोशी राजमार्ग जोगवनी सडक खण्ड रोडसेस चोक छेउमामा आज विहान ११ बजेको  सवारी दुर्घना हुँदा एक महिलाको मृत्यू भएकोछ भने दुई जना घाईते भएका छन् ।

जोगबनी तर्फ जादै गरेको भारतिय मालबहाक ट्रकले सोहि दिशा तर्फ जादै गरेको को ५ प ३२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटर साईकल चालक रंगेली
७ बस्ने वर्ष ३८को मनोज अग्रवालले चलाएको मोटरसाईकलमा पछाडी सवार उनीकी श्रीमती ३० बर्षिय आसु अग्रवालको घटना स्थलमा मै मृत्यू भएको प्रहरीले जनाएको छ। सोही मोटरसाईकलमा सवार उनीकी ७ बर्षिया छोरी अनिशा अग्रवाल र मोटरसाईकल चालक मनोज अग्रवाल घाईते भएको प्रहरीले जनाएकोछ।

घाईते दुवैको सप्तकोशी नर्सिङ अस्पतालमा उपचार भईरहेको छ भने मृतकको शव कोशी अञ्चल अस्पतालको शव गृहमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ प्रहरी निरीक्षक शिव पोखरेलले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्रक र चालक अलिगढ बस्ने ३० बर्षिय कमल सिंहलाई ईप्रका रानिको नियन्त्रणमा रहेको मोरङ प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.