Websoft University

पक्राउ परेका पत्रकार राजु बस्नेतलाई रिहा गर्न महासंघको आग्रह

काठमाडौ भदौ २५ गते । रातो तारा डट कम,
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सभासद् एवं खोजतलास डटकम र खोजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाई अदालतको आदेश भन्दै प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 

पत्रकार बस्नेतलाई समाचारको विषयलाई लिएर विद्युतीय कारोवार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान गर्न भनी प्रहरी आज विहान ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित निवासबाट पक्राउ गरेको हो ।
समाचारको विषयमा उठेका वा परेका उजुरी हेर्ने अधिकार प्रेस काउन्सिलको नेपालको हो । 

यसलाई बेवास्ता गर्दै प्रहरीले पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रहरीको यो ज्यादतीप्रति घोर भत्र्सना गर्दछ । पक्राउ परेका पत्रकार बस्नेतलाई ससम्मान रिहा गरी प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न  महासचिव रमेश बिष्टले प्रेस विज्ञप्ति मार्फत सम्बन्धित निकायसँग माग गर्दछ । 


    

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.