काठमाडौ, भदौ २५ गते । रातो तारा डट कम,
एल एण्ड एन मोडल एजेन्सी प्रालिकोआयोजनामा सम्पन्न भएको तिज फेशन शो तथा म्युजिकलईभेण्टको भब्यताको साथ सम्पन्न भएको छ l प्रमुख अतिथिसंचारकर्मी,कलाकार तथा समाजसेवी सुर्य चन्द र अभिनेतारमित ढुंगानाको उपस्थितिमा सम्पन्न फेसन शो मा मोडलकौशिक प्रसाई, अभिनेता नयन डिसी, मोडल संजयराजविक्रम, मोडल जेम्स बिसी लगायतका अन्यसेलिब्रेटीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो l
तिज फेसन शोमा फेसन डिजाइनर रश्मि बस्नेत, प्रमिलाडंगोल, अनिल प्रधान, स्वीकृति पोखरेल, अनु शिल्पकार तथाएलभीडी एण्ड लाइभ अप डेनिमका आकर्षक ड्रेसहरु प्रस्तुतगरिएको थियो l
गायिका बुनु राइ मानन्धर, गायक रमेश श्रेष्ठ मेलोडी, गायककर्णराज गिरि, गायिका शर्मिला श्रेष्ठ डान्सर गङ्गा जमुनाखड्की, मारिया कार्की लगायतले उपस्थित भिड तथादर्शकलाई मनोरंजन दिएका थिए l मोडल तथा कोरियोग्राफरनितेन्द्र कर्णले कोरियोग्राफी गरेको उक्त फेसन शोमा २३ जनामोडलहरुले र्याम्पमा हिडेका थिए l
एल एण्ड एन मोडल एजेन्सी प्रालिको सी ई ओ लक्ष्मी श्रेष्ठकोसंयोजकत्वमा सम्पन्न भएको तिज फेसन शो तथा म्युजिकलईभेण्टमा ज्योति खड्काले कार्यक्रम संचालन गरेकी थिइन् l
Post a Comment