मोरङ, भाद्र २५ गते । रातो तारा डट कम,
जिल्ला प्रहरी कार्यालय मोरङले लागु औषध अपराध बिरुद्धको ३ महिने अभियान संचालनमा ल्याएको छ । बिराटनगर भन्सार कार्यालय रानीको सभाहलमा आज एक कार्यक्रमका बिच उक्त अभियानको शुभारम्भ गरिएको हो ।
बिराटनगर महानगरपालिका-१४ का वडा अध्यक्ष बालदेव यादवको अध्यक्षता तथा मोरङका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीको प्रमुख आतिथ्यतामा सुभारम्भ भएको उक्त कार्यक्रम आज भाद्र २५ गते देखी मंसिर २४ गते ३ महिना सम्म संचालन गरिने छ ।
कार्यक्रममा बोल्नु हुदै मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले लागु औषधको समस्याले समाजलाई बिकृति तर्फ धकेलिरहेको हुँदा यो समस्या प्रमुख सुरक्षा चुनौतीका रुपमा रहेको बताउनु भयो । वहाले चोरी, लुटपाट, अपहरण तथा कर्तब्य ज्यान जस्ता बिभिन्न सामाजिक अपराधहरुको जड पनि लागु औषध दुर्ब्यसनीनै रहेको हुँदा यो अभियानले बिभिन्न किसिमका सामाजिक अपराधहरुलाई निरुत्साहित गर्ने अपेक्षा राखिएको बताउनु भयो ।
उक्त कार्यक्रममा मोरङ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले हाम्रो समाजको ठुलो जमात लागु औषधको दलदलमा फसिरहेको र यसबाट हाम्रो सामाजिक संरचनात्मक बिकासलाई नै नकरात्मक दिशा तर्फ धकेलिरहेकोले लागु औषध दुर्ब्यसन, ओसार पसार, खरिद बिक्री जस्ता अपराधबाट युवा जमातलाई जोगाउने अभिप्रायका साथ सरोकारवाला सबै पक्षहरुसंग समन्वय गर्दै उल्लेख्य मात्रामा रहेको लागु औषध दुर्व्यसनीहरुलाई लक्षित गरी यो कार्यक्रम “ लागु औषध अपराध बिरुद्धको अभियान” ( Campaign Against Narcotic- CAN) लागु गरिएको बताउनु भयो ।
वहाले थप प्रस्ट पार्नु हुँदै स्वयं लागु औषद दुर्व्यसनीहरु, अभिभावकहरु, घर परिवार, समाज, सम्पर्कमा आउने प्रहरी, पुनर्स्थापना केन्द्र, उपचार केन्द्र लगायत सबैले लागु औषध दुर्ब्यसनीहरु प्रति सकारात्मक ब्यबहार प्रदर्शन गर्न सकेमा उनीहरु अवश्य पनि परिवर्तन हुन सक्छन भन्ने अवधारणा अनुरुप यो अभियान संचालन गरिएको प्रस्ट पार्नु भयो ।
Post a Comment