Websoft University

‘हँसियाहथौडामा मत माग्नु र दिनु नै भुल हो’

काठमाडौ भदौ २६ गते । रातो तारा डट कम,
नुवाकोट-नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले स्थानीय तहको निर्वाचनमा चितवनमा नेपाली कांँग्रेसका कार्यकर्ताले हँसियाहथौडा चिह्नमा मतदान गर्नु नै भुल भएको बताउनुभएको छ ।

सदरमुकाम विदुरमा बिपी विचार राष्ट्रिय समाजको आयोजनामा कांग्रेस नेता विष्णु आचार्यको ४५ औंँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभामा नेता गुरुङले पार्टीको सभापतिले हँसियाहथौडामा मत माग्दै हिँडेर कांग्रेसको गरिमा घटाएको परिणाम नै कांग्रेसको हारको कारण भएको बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेता गोविन्दराज जोशीले स्थानीय सरकारहरुले अस्वाभाविक रुपमा कर वृद्धि गरेर नागरिकमा संघीयताप्रति निराशा जगाउने काम गरेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा कांग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले आचार्यको योगदानलाई पार्टीले भुल्न नहुने बताउनुभयो । काँग्रेसका पुराना नेता आचार्यको गत साउन १२ गते ६३ वर्षका उमेरमा पाचन ग्रन्थीको अर्वुद रोगबाट निधन भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.