Websoft University

गछिया जेसिजले गर्यो तीज कार्यक्रम


शिव भट्टराई - मोरङ भदौ २७ गते । रातो तारा डट कम,
सुन्दरहरैचा , मोरङको सुन्दरहरैचा नगरपालिका स्थित गछियामा तीज कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रम गछिया जेसिजको आयोजनामा भएको हो । जेसिजले आफ्नो जेसिज सप्ताह २०१८ को अवसर पारी तिज कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रमको उदघाटन सत्रमा सम्बोधन गर्दै,सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख तथा कार्यक्रमकि प्रमुख अतिथि  धनमाया तमाङले विभिन्न चाड पर्वको नाममा देखा परेको तडक भाडक र् भड्किदिलो सामाजिक रहनसहनलाई अन्त्य गर्दै समाज र सस्कृतिको जगेर्ना गर्न जेसिजले खेलेको भूमिका प्रती प्रसङ्सा गर्दै धन्यवाद दिनु भएको थियो ।

तीज विशेष कार्यक्रम पारी गछिया जेसिजले एकल महिलाहरुलाई सम्मान गरेको थियो ।

कार्यक्रममा राष्ट्रिय लोकदोहोरी कलाकार गायिका गंगा गौतमा आचार्य , सुरेश गन्दर्व र स्थानिय कलाकारहरुले विभिन्न आफ्नो प्रस्तुतिहरु दिएर कार्यक्रमको शोभा बढाएका थिए ।

कार्यक्रममा गछिया जेसिजका कार्यकारी उपाध्यक्ष मदन दाहालले कार्यक्रमको बिषय वस्तु माथि प्रकाश पार्दै श्वागत मन्तव्य दिनु भएको थियो ।

त्यस्तै गछिया जेसिजका सस्थापक अध्यक्ष दुर्गा घिमिरे , पुर्व अध्यक्ष लक्ष्मी न्यौपाने , वार्ड अध्यक्ष चैतन्य सिटौला आदिले शुभकामना मन्तव्य दिनु भएकोथियो ।

जेसिजका अध्यक्ष नेत्र प्रसाद दुलालको सभाध्यक्षमा कार्यक्रम  स्म्पन्न भएको थियो ।

गछिया जेसिस महासचिव प्रदीप बिष्टले कार्यक्रम संचालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.